काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दक्षिणकाली नगरपालिकास्थित प्रसिद्ध धार्मिक स्थल दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन्।
बुधबार बिहान राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित मन्दिर पुगेका थिए। उनले मन्दिरमा विधिपूर्वक पूजाअर्चना गरी पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका हुन्।
मन्दिर परिसरमा राष्ट्रपति पौडेल र प्रथम महिला पौडेललाई स्थानीय जनप्रतिनिधि तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए।
धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको दक्षिणकाली मन्दिरमा राष्ट्रपतिको पूजाअर्चनालाई उनको धार्मिक भ्रमणका रूपमा हेरिएको छ।

















प्रतिक्रिया