काठमाडौं – सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। बुधबार अकस्मात् बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाउँदै एआईजीलाई नयाँ जिम्मेवारी दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।
सरकारले कार्कीलाई भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको छ।
कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी
सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई हटाउँदै एआईजी मनोजकुमार केसीलाई नयाँ आईजीपीको जिम्मेवारी दिएको विवरण सार्वजनिक भएको छ।
कार्कीलाई भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरिएको कान्तिपुरले एक मन्त्रीलाई उद्धृत गर्दै जनाएको छ।

















प्रतिक्रिया