काठमाडौँ । नेपाली कांग्रेसले नवनिर्वाचित पदाधिकारीहरूको अनौपचारिक बैठक बोलाएको छ। बिहीबार दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।
दुलालका अनुसार काठमाडौँमा उपलब्ध पदाधिकारी सहभागी हुने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।
उपसभापति मधु आचार्यले बैठकमा पदाधिकारीको कार्यविभाजन र समसामयिक राजनीतिबारे छलफल हुने बताए।
गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीको कार्यविभाजन अझै भएको छैन। त्यसै विषयमा छलफल गर्न नेताहरू जुट्न लागेका हुन्।

















प्रतिक्रिया