काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बिहीबार १० ग्राम सुनको मूल्य २ लाख ४७ हजार ६८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार प्रतितोला ३ हजार ६५५ रुपैयाँ रहेको चाँदी बिहीबार बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ।
महासंघका अनुसार बिहीबार १० ग्राम चाँदीको मूल्य ३ हजार ३६० रुपैयाँ ५० पैसा कायम भएको छ।

















प्रतिक्रिया