विराटनगर ८३ रनमै समेटियो, काठमाडौंले पायो ८४ रनको लक्ष्य


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्धको खेलमा विराटनगर किङ्स ८३ रनमै समेटिएको छ। विराटनगरले दिएको ८४ रनको लक्ष्य काठमाडौंले जितका लागि पछ्याउने भएको छ।

कम स्कोरमा समेटिएको विराटनगरका लागि काठमाडौंका बलरहरूले कसिलो बलिङ प्रदर्शन गरेका छन्। अब काठमाडौं गोर्खाजले ८४ रन बनाउँदै खेल आफ्नो पक्षमा पार्ने लक्ष्य राखेको छ।