काठमाडौँ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सुनको असर्फीको मौज्दात सकिएको छ। बुधबारदेखि सुनको असर्फी बिक्री गर्दै आएको राष्ट्र बैंकले स्टक सकिएपछि अब चाँदीका सिक्काको मात्रै मूल्य निर्धारण गरेको छ।
राष्ट्र बैंकले आजका लागि १० ग्रामको चाँदीको सिक्काको मूल्य ३ हजार ७०० रुपैयाँ तोकेको छ।
बुधबार र बिहीबार भने राष्ट्र बैंकले सुनको असर्फीको मूल्य निर्धारण गरी बिक्री गरेको थियो। सुनको असर्फीको मौज्दात सकिएसँगै अहिले चाँदीका सिक्का मात्रै बिक्रीका लागि उपलब्ध रहेका छन्।

















प्रतिक्रिया