काठमाडौं । देउसी–भैलो खेल्ने क्रममा सार्वजनिक स्थलमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देहीबाट दुई महिला पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ति बस्नेत रहेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय लुम्बिनी, रुपन्देहीको टोलीले पक्राउ गरेको हो।
रुपन्देहीका डीएसपी कृष्णकुमार चन्दका अनुसार नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत हुने गरी देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले उनीहरूलाई लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलवार बजारबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध सार्वजनिक हित तथा नैतिकताविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको डीएसपी चन्दले जानकारी दिए।

















प्रतिक्रिया