काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालेन्द्र शाह नेतृत्वको सरकार जनताप्रति उत्तरदायी हुन नसकेको आरोप लगाएका छन्। काठमाडौँमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले वर्तमान सरकार बनेपछि समाज उल्टो दिशातर्फ अघि बढेको टिप्पणी गरे।
ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार हुन नसकेको तथा पीडितले राहत पाउन नसकेको दाबी गरे। राज्यका निकायहरू आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने अवस्थामा पुगेको उनको भनाइ थियो।
उनले संसद् विघटनसम्बन्धी मुद्दामा अदालतको भूमिकाप्रति पनि असन्तुष्टि जनाउँदै देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्न जनता अघि बढ्नुपर्ने अवस्था आएको बताए।

















प्रतिक्रिया