सी जिनपिङ र पुटिनसँगको बैठकअघि ट्रम्पको दाबी– जित हाम्रो हुनेछ


सेन्जेन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने त्रिपक्षीय शिखर बैठकअघि यसलाई अमेरिकाको ठूलो जित भएको बताएका छन्।

चीनको सेन्जेन पुगेका ट्रम्पलाई राष्ट्रपति सी आफैँ विमानस्थल पुगेर भव्य स्वागत गरेका थिए। स्वागत, सैनिक परेड र सांस्कृतिक प्रस्तुतिबाट प्रभावित ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा यसलाई अमेरिका र चीन दुवैको जित भएको बताए।

शिखर बैठकअघि ट्रम्पले सीसँग कार्यकारी छलफल र दिवाभोज गर्ने तथा पुटिनसँग छुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ। बैठकमा आणविक हतियार नियन्त्रण, अन्तर्राष्ट्रिय व्यापार, प्रविधि र विश्व सुरक्षाका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

यद्यपि, युक्रेन युद्ध, इरान, व्यापार विवाद र आणविक हतियारका विषयमा तीनै देशका स्वार्थ फरक रहेकाले ठोस सहमति जुट्ने सम्भावना कम रहेको विश्लेषकहरूले बताएका छन्।