काठमाडौं । बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहालले सरकारको निर्णयविरुद्ध पुनरावेदन दिएका छन्। उनले गृहमन्त्रीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन पेस गरेका हुन्।
सरकारले संवेदनशील सूचना चुहाएको र पदीय आचरणविपरीत काम गरेको आरोपमा गत असोज २३ गते दाहाललाई बर्खास्त गरेको थियो। यसअघि असोज १९ गते उनलाई निलम्बन गरी एआईजी अञ्जनीकुमार पोखरेलको नेतृत्वमा छानबिन गरिएको थियो।
अब मन्त्रिपरिषद्ले उनको पुनरावेदनमाथि निर्णय गर्नेछ। बर्खास्तीको निर्णय सदर भएमा दाहाललाई अदालत जाने बाटो खुल्नेछ।

















प्रतिक्रिया