ईनम सापकोटासहित तीन जनामाथि अनुसन्धान गर्न थप सात दिनको म्याद


काठमाडौँ । ईनम सापकोटासहित तीन जनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। बिहीबार काठमाडौँ जिल्ला अदालतले सापकोटासहित महेश श्रेष्ठ र सुशील भट्टलाई थप एक साता हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्बन्ध देखिएपछि पक्राउ परेकी सापकोटामाथि राष्ट्र बैंक ऐन र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। श्रेष्ठ र भट्टमाथि भने सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।