काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्। बिहीबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध र आपसी सहयोगका विविध विषयमा छलफल भएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार भेटका क्रममा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा सहयोगका नयाँ क्षेत्र विस्तार गर्ने विषयमा कुराकानी भएको थियो।

















प्रतिक्रिया