काठमाडौँ । नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त भएका छन्। यसअघिका प्रवक्ता सहायक रथी राजाराम बस्नेत प्रधानसेनापतिको सचिवालयमा सरुवा भएपछि श्रेष्ठलाई नयाँ जिम्मेवारी दिइएको हो।
१८ महिना सैनिक प्रवक्ताको जिम्मेवारी सम्हालेका बस्नेत अब सैनिक सहायकका रूपमा काम गर्नेछन्।
बिहीबार जङ्गी अड्डामा पत्रकारहरूसँग कुरा गर्दै नवनियुक्त प्रवक्ता श्रेष्ठले भ्रामक सूचना र समाचार चिर्न सञ्चारकर्मीसँग निरन्तर संवाद र समन्वय गरिने बताए।
३४ वर्षदेखि सैनिक सेवामा रहेका श्रेष्ठ २०४८ सालमा अधिकृत क्याडेटका रूपमा नेपाली सेनामा प्रवेश गरेका थिए।

















प्रतिक्रिया