काठमाडौँ । धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा बोलेरो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
गएराति भएको दुर्घटनामा घाइते भएकामध्ये गम्भीर अवस्थाका ६ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ ।
लापाबाट बोराङतर्फ जाँदै गरेको बोलेरो गाडी उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका अन्य तीन जनाको अवस्था र उपचारबारे थप विवरण आउन बाँकी छ ।

















प्रतिक्रिया