प्रधानमन्त्री शाह आइतबार भारत जाँदै, सोमबार साँझ स्वदेश फर्किने


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आइतबार दिउँसो १ः४५ बजे भारत भ्रमणका लागि प्रस्थान गर्ने भएका छन् । नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत जाने उनको टोली सोमबार साँझ ६ः३५ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरेको हो । प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने औपचारिक भ्रमणमा भारत जान लागेका हुन् ।