काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट नपाएपछि आक्रोशित समर्थकहरूले त्रिवि क्रिकेट मैदानमा पुगेर प्रदर्शन गरेका छन् । उनीहरूले आयोजक नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध नाराबाजीसमेत गरेका छन् ।
शनिबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुने फाइनल खेलको टिकट बिक्री खुला भएको केहीबेरमै सकिएको थियो । एकैपटक धेरै दर्शकले टिकट खरिद गर्न खोज्दा कतिपय समर्थक टिकट पाउनबाट वञ्चित भएका थिए ।
मैदानको क्षमताअनुसार सबै टिकट बिक्री भइसकेको जनाउँदै क्यानले टिकट नपाएका दर्शकलाई अनलाइन प्लेटफर्ममार्फत खेल हेर्न आग्रह गरेको छ ।

















प्रतिक्रिया