पोखरा । प्रदेश निर्वाचन कार्यालय गण्डकीले निर्वाचन आयोगको २० औँ प्रतिवेदन प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेस गरेको छ ।
शुक्रबार प्रदेश निर्वाचन अधिकारी जीवन ज्ञवालीले आर्थिक वर्ष २०८२/८३ को प्रतिवेदन प्रदेश प्रमुख भट्टलाई बुझाएका हुन् । प्रतिनिधिसभा निर्वाचन र राष्ट्रियसभा निर्वाचन सम्पन्न भएको झण्डै नौ महिनापछि प्रतिवेदन पेस गरिएको हो ।
प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले निर्वाचन आयोगको जिम्मेवारी महत्त्वपूर्ण रहेको उल्लेख गर्दै आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित बनाउन विशेष ध्यान दिनुपर्ने बताए ।
प्रदेश निर्वाचन अधिकारी ज्ञवालीले आगामी स्थानीय तह निर्वाचनको तयारी सुरु भइसकेको जानकारी दिँदै सबैको सहयोगमा निर्वाचन स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरे ।

















प्रतिक्रिया