काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजधानी नयाँ दिल्ली गएका हुन्।
प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत प्रतिनिधिमण्डलका सदस्य पनि भारत भ्रमणमा सहभागी छन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भ्रमणमा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहयोग र आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। उनी सोमबार साँझ स्वदेश फर्किनेछन्।

















प्रतिक्रिया