बालेनको स्वागतका लागि सिँगारियो नयाँदिल्ली, फहराइए दुई देशका झण्डा


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँदिल्लीमा भव्य स्वागतको तयारी गरिएको छ। भ्रमणको पूर्वसन्ध्यामा दिल्लीका विभिन्न सडक तथा सार्वजनिक स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डा फहराइएको छ।

दुईदिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री शाह आइतबार भारत प्रस्थान गर्दैछन्। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।

भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री शाह सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।