भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेनलाई राष्ट्रपति भवनमा गार्ड अफ अनर


नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवन परिसरमा गार्ड अफ अनर प्रदान गरिएको छ ।

भारत सरकारका तर्फबाट प्रधानमन्त्री शाहलाई राजकीय सम्मानस्वरूप गार्ड अफ अनर प्रदान गरिएको हो । सम्मान कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतको उपस्थिति रहेको थियो ।

राजकीय भ्रमणमा आउने विशिष्ट विदेशी पाहुनालाई सम्मानस्वरूप गार्ड अफ अनर प्रदान गर्ने परम्परा छ ।