सर्लाही । सुत्केरी महिलाको मृत्युपछि आक्रोशित आफन्तले तोडफोड र आगजनी गर्दा बरहथवा नगर अस्पतालमा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
चिकित्सकको लापरबाहीका कारण २१ वर्षीया सीमा देवी रामको मृत्यु भएको आरोप लगाउँदै आफन्तले अस्पतालको इमर्जेन्सी कक्षमा आगजनी गरेका थिए । घटनाका क्रममा केही चिकित्सकमाथि कुटपिटसमेत भएको थियो ।
प्रहरीले पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलंगवा लगेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

















प्रतिक्रिया