काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सहयोगमा नेपालमा निर्माण भएका तथा निर्माण हुन लागेका पाँच परियोजनाको उद्घाटन र शिलान्यास गरेका छन् ।
सोमबार नयाँ दिल्लीबाट दुवै प्रधानमन्त्रीले भर्चुअल रूपमा चार परियोजनाको शिलान्यास र एउटा परियोजनाको उद्घाटन गरेका हुन् ।
शिलान्यास गरिएका आयोजनामा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने मोटरेबल पुल, बनबासा एकीकृत जाँच चौकी, झापाको चारआलीमा निर्माण हुने ग्यास पाइपलाइन र ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना रहेका छन् ।
त्यस्तै, मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको उद्घाटन गरिएको छ । यस परियोजनामार्फत भारतबाट पाइपलाइन हुँदै पेट्रोल र मट्टितेल नेपाल ल्याउन थालिएको छ ।
यी परियोजनाले नेपाल–भारतबीचको ऊर्जा, व्यापार, यातायात तथा पूर्वाधार सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

















प्रतिक्रिया