सुनकोशी–मरिण आयोजनाको ठेक्का रद्द प्रकरणमा लेखा समितिको एक्सन, ७ दिनभित्र सबै कागजात बुझाउन निर्देशन


काठमाडौं  ।  प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा सम्बन्धित निकायसँग सम्पूर्ण कागजात माग गरेको छ।

समितिको मंगलबार बसेको बैठकले ठेक्का रद्दसम्बन्धी सम्पूर्ण विवरण तथा कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको हो।

समिति सभापति भरतबहादुर खड्काले जलस्रोत तथा सिँचाइ विभागलगायत सम्बन्धित निकायलाई आवश्यक कागजात पेस गर्न निर्देशन दिएका छन्।

टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगेपछि ठेक्का रद्द गरिएको र निर्णय प्रक्रियामा त्रुटि भएको दाबीसहित उजुरी परेपछि समितिले यस विषयमा चासो देखाएको हो।

सम्बन्धित कागजात प्राप्त भएपछि अध्ययन गरी थप छलफल र आवश्यक प्रक्रिया अघि बढाइने समितिले जनाएको छ।