भारत भ्रमणपछि स्वर्णिम र शिशिरसँगको तस्बिर राख्दै बालेनको फेसबुक पोस्ट– ‘देश उँभो लाउने टोली, निक्कै मिहिनेती मान्छेहरू !’


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भारत भ्रमणबाट फर्किएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

भारत भ्रमणमा सहभागी दुई मन्त्रीसँग नेपाल फर्किने क्रममा जहाजभित्र खिचिएको तस्बिर बालेनले फेसबुकमा पोस्ट गरेका हुन् ।उक्त तस्बिरको क्याप्सनमा बालेनले लेखेका छन्, ‘देश उँभो लाउने टोली । निक्कै मिहिनेती मान्छेहरू !’

यसअघि पनि बालेनले गृहमन्त्री सुदन गुरुङ र पूर्वाधारमन्त्रीसँगको अनौपचारिक तस्बिर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ भन्दै फेसबुकमा लेखेका थिए । बालेनका यस्ता पोस्टले उनीसँगै काम गरिरहेका मन्त्रीहरूको टिमलाई सामाजिक सञ्जालमा चर्चामा ल्याएको छ ।