दसौँ राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने, मङ्सिर १६ गते भव्य समारोह आयोजना गर्ने


सुर्खेत । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले गर्ने भएका छन् । आगामी मङ्सिर १६ गते बिहान १० बजे प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।

राष्ट्रिय खेलकुद परिषद्ले शनिबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री शाहबाट प्रतियोगिताको उद्घाटन हुने जानकारी दिएको हो । परिषद्का अनुसार उद्घाटन समारोहलाई भव्य र व्यवस्थित बनाउन आवश्यक तयारी पूरा गरिएको छ ।

मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू भने मङ्सिर ८ गतेदेखि नै सुरु भइसकेका छन् । हाल विभिन्न नौवटा खेल सञ्चालनमा रहेका छन् भने पौडी प्रतियोगिता सम्पन्न भइसकेको छ ।

दसौँ राष्ट्रिय खेलकुदमा देशभरका खेलाडीहरूले विभिन्न विधामा प्रतिस्पर्धा गर्दै आफ्नो खेल कौशल प्रदर्शन गर्नेछन् ।