विराट र रोहितपछि रवीन्द्र जडेजाले लिए टि–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट शन्यास

काठमाडौं– आईसिसी टि–२० विश्वकप २०२४ को उपाधी भारतले जितेपछि भारतका तीन खेलाडीले शन्यास लिएका छन् । भारतको कप्तानी सम्हालेका रोहित शर्मा, विराट कोहली र रवीन्द्र जडेजाले टी–२० फर्म्याटका अन्तर्राष्ट्रिय क्रिकेटबाट शन्यास लिने घोषणा गरेका हुन् । यी ३ खेलाडी नै भारतको टि–२० विश्वकपमा सबैभन्दा बढी उमेरका खेलाडी थिए । उनीहरु ३५ वर्ष पुरा भइसकेका छन्…