विश्वकप स्टार गोलकिपर भोजिन्हा चिलीको कोलो–कोलोमा अनुबन्धित

यसपालिको फिफा विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा आएका केप भेर्डेका गोलकिपर भोजिन्हा (Vozinha) चिलीको प्रतिष्ठित फुटबल क्लब कोलो–कोलोमा अनुबन्धित भएका छन्। ४० वर्षीय भोजिन्हाले कोलो–कोलोसँग १८ महिनाको सम्झौता गरेका हुन्। विश्वकपमा उनले उत्कृष्ट गोलरक्षण गर्दै केप भेर्डेको ऐतिहासिक यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। विशेषगरी बलिया टोलीविरुद्ध गरेको शानदार प्रदर्शनपछि उनी विश्व फुटबलमा चर्चाको केन्द्र…