काठमाडौं– बिहिबारदेखि आएको भारी वर्षाका कारण ऊर्जा क्षेत्रमा ठुलो नोक्सानी भएको छ। बाढी र पहिरोका कारण २ अर्ब ४५ करोड रुपैयाँ हाराहारी क्षति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । ऊर्जामन्त्री दीपक खड्काका अनुसार अहिले ११ सय मेगावाट बिजुली उत्पादन रोकिएको छ । सिँचाइतर्फ १ अर्ब ३५ करोड बराबर क्षति आँकलन गरिएको छ…