समान ज्यालाका लागि ब्रिटिस सरकारसँग पहल गरिदिन पूर्वब्रिटिस गोरखाहरूको आरजुसँग आग्रह

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग पूर्वब्रिटिस गोरखाहरूले आफूहरूको समान ज्याला, सुविधा र व्यवहारका लागि बेलायत सरकारसँग पहल गरिदिन आग्रह गरेका छन् । ब्रिटिस गोरखा सत्याग्रह संयुक्त सङ्घर्ष समिति युके नेपालको प्रतिनिधिमण्डलले आज मन्त्री डा राणासँग भेटगरी यस्तो आग्रह गरेको हो । सङ्घर्ष समितिका प्रतिनिधिहरूले सामान्यतया सिपाहीहरू जुन देशको झण्डामुनि गोलबद्ध हुन्छन् उनीहरूले सोही देशका…