अमरसिंह थापाले बाल्नुभएको डोटीको पूर्वीचौकी गाउँपालिकास्थित काडामाण्डौमा रहेको अखण्ड दीप बत्ती अहिले सम्म पनि निरन्तर बलिरहेको छ । नेपाल एकीकरणको बेलामा थापाले बालेको उक्त दीप अहिलेसम्म पनि बलिरहेको हो । उक्त दीप बाल्नका लागि स्थानीयवासीले रकम सङ्कलन गर्ने गरेका छन् । ऐतिहासिक क्षण सम्झन बाध्य पार्ने कारणमध्ये उक्त स्थानमा स्थापना गरिएको मालिका भगवतीको आकर्षक मंन्दिर…