Logo

सुत्नु भन्दा अगाडि खोटाङ को प्रसिद्ध हलेसी महादेव को दर्सन गर्नुहोस् मनोकामना पुरा हुनेछ !

काठमाडौ : खोटाङ जिल्लामा अवस्थित हलेसी महादेव हिन्दू, किराँत र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो । हिन्दूहरूले पूर्वको पशुपतिनाथ मान्ने यो धार्मिक स्थललाई बौद्ध धर्मावलम्बीहरूले दोस्रो लुम्बिनी मान्छन् भने किराँतहरूले आदिम भूमि मानेर पुज्छन् ।

तीनै धर्मावलम्बीको आस्थाको त्रिवेणी बनेको हलेसी महादेवको दर्शन गरेमा दुःखबाट पार पाइने र निःसन्तानको काख भरिने जनविश्वास छ । बसाहा, हलेसी र भैरव गरी तीन वटा गुफा रहेको मन्दिरमा महाशिवरात्रि, रामनवमी र बालाचतुर्दशीमा मेला लाग्छ । अन्य समयमा शनिबार बिहान दर्शनार्थीको घुइँचो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्