काठमाडौं– देशभरका पाँच जिल्लामा हैजा संक्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म ललितपुरमा ३४, कैलालीमा ८ जना, काठमाडौंमा २ जना, प्युठानका २ र रुपन्देहीका १ जनालाई गरी ४७ जनामा हैजा संक्रमण पुष्टि भएको छ । हैजा अतिसङ्क्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले यसका मुख्य लक्षणमा चौलानी पानी जस्तो दिसा आउने, वाकवाकी…