दाङ– दाङको तुलसीपुरमा एक युवकले मदिरा खाएर मातिएको समयमा बियरको बोतलका सिसाका टुक्रा खाएका छन्। तुलसीपुर उपमहानगरपालिका– ४ खाद्रेका २३ वर्षीय युवकले मंगलबार आफ्नै घरमा मदिरा सेवन गरेका थिए । सोपछि उनले बियरको बोतल फोडेर सिसाका टुक्रा खाएका हुन्। बेलुकी साढे ७ बजेतिर सिसाका टुक्रा खाएपछि उनी छटपटाउन थालेका थिए। तत्कालै उनलाई तुलसीपुरको राप्ती प्रादेशिक…