टेकु अस्पतालबाट कोरोनाभाइरसको आशंका गरिएका बिमारी आफूखुसी निस्किन थालेपछि अस्पतालले सुरक्षाकर्मीको आवश्यकता औंलाएको छ। शुक्रबारमात्र अस्पतालबाट कोरोनाको आशंका गरिएका एक ब्रिटिस नागरिक आइसियू कक्षबाटै निस्किएर अर्को अस्पताल पुगेका थिए। अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले उनलाई बस्न आग्रह गर्दा पनि निस्केर गएको बताए। 'उहाँलाई हामीले बस्न निकै आग्रह गर्यौं तर उहाँले मान्नुभएन। निस्केर जानुभो,' उनले भने।…