महोत्तरीमा काराकारमै थुनुवाको मृत्यु

महोत्तरी– महोत्तरी कारागारका एक थुनुवाको मृत्यु भएको छ । लागुऔषध दुर्व्यसन तथा कारोबार मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका सिन्धुलीको कमलामाई नगरपालिका–७ का ३० वर्षीय निशाज सुनुवारको हृदयघातबाट मृत्यु भएको कारागार प्रशासनले जनाएको हो । जिल्ला अदालत महोत्तरीको आदेशमा छ महिनादेखि थुनामा रहेका उनलाई आज बिहान स्वास्थ्यमा असजिलो महसुस भएपछि तत्काल जलेश्वर अस्पताल पुर्याइएको थियो ।…