काठमाडौं– केही समयपछि सुरु हुने साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल हेर्न दर्शकहरु दशरथ रंगशालामा प्रवेश गर्न थालेका छन् । बुधबार बेलुका साढे ६ बजे सुरु हुने नेपाल र बंगलादेशबीचको खेल हेर्न दर्शकहरु त्रिपुरेश्वरस्थित रंगशाला पुग्न थालेका हुन् । रंगशाला पुगेका दर्शकहरुले नेपाली राष्ट्रिय झण्डा बोकेका छन् भने कतिपयले अनुहारमा राष्ट्रिय झण्डाको चित्रसमेत बनाएका छन् ।…