हुम्ला, असार २२ - प्रधानमन्त्री केपी शर्मा ओलीले आज हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित चुवाखोलामा निर्माण गरिएको बेलिब्रिजको औपचारिक उद्घाटन गर्नुभएको छ। कर्णाली करिडोर निर्माण थालिएको २६ वर्षपछि हुम्लाको सदरमुकाम सिमकोट पहिलोपटक राष्ट्रिय सडक सञ्जालमा जोडिएको ऐतिहासिक दिनको रूपमा चिनिएको छ। कर्णाली नदीमाथि बनाइएको यो बेलीब्रिजसँगै हुम्लाको सिमकोट अब देशको सडक सञ्जालमा आधिकारिक रूपमा समावेश भएको…