गृहमन्त्री बालकृष्ण खाणले कानुनी अधिकार स्थापित गर्न प्रत्येक नागरिकको विवरण संकलनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा रुपन्देहीको तिलोत्तमामा शनिबार आयोजित व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी कार्यक्रममा उनले व्यक्तिगत घटना संकलन, भण्डारण र वितरणको काम प्रभावकारी ढंगले अघि बढाउन निर्देशन दिए । गृहमन्त्री खाणले नागरिकको सामाजिक सुरक्षा पूरा…