काठमाडौं : आयोजक न्यू डायमन्ड क्लबले बिहीबार बागमती प्रदेश न्यू डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न दिनको पहिलो खेलमा डायमन्डले परोपकार महिला होस्टेलमाथि २५–२२, २५–१०, २५–१४ को सोझो सेटमा जित निकाल्यो । प्रतियोगितामा तीन खेल खेलेको डायमन्डले एक जित र दुई हार बेहोरेको छ ।…