काठमाडौं : सोमबारदेखि वायुसेवा कम्पनीका विमानहरुको उडान अनुमतिपत्र अनुसार नै रात्रिकालीन पार्किङ (बिसान) थालेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षालाई थप सुदृढीकरण गर्ने भन्दै ७ असारदेखि आन्तरिक उडान गर्ने हेलिकप्टर र विमानलाई उडान अनुमतिपत्रले तोकेको विमानस्थलमै राख्नुपर्ने गरी सर्कुलर जारी गरेको थियो । त्यसैअनुसार सोमबार साँझबाट विभिन्न वायुसेवा कम्पनीका विमानले धनगढी, नेपालगञ्ज, विराटनगर…