सत्तारूढ दल नेपाली कांग्रेसले बिहीबार बस्ने संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ। कांग्रेस संसदीय दलकी प्रमुख सचेतक पुष्पा भुसालका अनुसार अमेरिकी सहयोग परियोना एमसिसीबारे छलफल सुरू हुने भएकाले सबैलाई अनिवार्य उपस्थित हुन भनिएको हो। ‘यति महत्वपूर्ण विषयमा हुने छलफल र मतदानमा सबै जना सहभागी हुनुपर्छ। त्यसैले अनिवार्य उपस्थित हुन भनिएको हो,’…