आज रातो मच्छिन्द्रनाथको रथ तानिने !

रातो मच्छिन्द्रनाथको रथलाई आज पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म तानिने भएको छ । जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै आज अपराह्न तीन बजे रथ तानिने बताए । महर्जनका अनुसार हाल गाःबहालमा रहेकको मीननाथको रथलाई पनि तानेर सोह्रखुट्टे पाटीसम्म पुर्याइनेछ । सोह्रखुट्टे पाटी हाल रथ भएको स्थान पुल्चोकबाट करिब २० मिटर टाढा छ ।…