गोरखाको मनकामना केन्द्र रहेर भूकम्प गएको छ। आज अपरान्ह ४ बजेर ५४ मिनेटमा मनकामना केन्द्र रहेर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। भूकम्पको धक्का गोरखा, चितवन, धादिङलगायत क्षेत्रमा महशुस गरिएको थियो। https://www.youtube.com/watch?v=ylu9p3I5_tE केन्द्रका अनुसार ४.१ म्याग्निच्युडको भूकम्प गएको हो। ०७२ मा गोरखाकै बारपाक केन्द्र रहेर भूकम्प गएको थियो।