‘अयोध्या’ बारे प्रधानमन्त्री : मन्दिर बनाउन थालिहालौं, पुरानो प्रमाण भेटिँदैन !

राम जन्मभूमि अयोध्या नेपालमै पर्छ भन्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार चितवनको माडी नगरपालिकाका जनप्रतिनिधिसँग दुई घण्टा लामो छलफल गरे । बैठकमा नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, नवगठित प्रस्तावित अयोध्यापुरीको व्यवस्थापन उपसमिति प्रमुख साध्यबहादुर भण्डारी, प्रचार–प्रसार तथा लेखन उपसमितिका डीआर पोखरेल र अनुसन्धान तथा अन्वेषण उपसमितिका प्रमुख लोकमणि पौडेललगायतको उपस्थिति थियो…