रुपन्देहीको तिलोत्तमामा पाँच जनाको सामूहिक हत्या गरेको आरोपमा पक्राउ परेका झसेन्द्र सिंजालीले अभियोग स्वीकार गरेका छन् । उनीहरुले आफ्नो चरित्र हत्या गर्ने गरेका कारण त्यसबाट विक्षिप्त भई सबैलाई ठीक लगाउने योजना अनुसार हत्या गरेको उनको दाबी छ । तिलोत्तमा–१० मैनहियास्थित गंगादेवी पशु फार्मका तीनजना कामदारसहित स्थानीय दुई किशोरको सोमबार राति सामूहिक हत्या भएको थियो ।…