क्रिकेट टोलीमा दोस्रो पटक कार्यकाल सम्हाल्न आएका प्रशिक्षक पुबुदु दाशानायकेले राजीनामा दिएपछि अहिले नेपाली क्रिकेट टोली प्रशिक्षकबिहीन भएको छ। नेपाल क्रिकेट संघ (क्यान) प्रशिक्षकको खोजीमा छ। तत्कालका लागि कुनैपनि प्रतियोगिता नभएको अवस्थामा टोलीको अभ्यास अन्योल नै छ। खेलसँगै प्रशिक्षकको प्रशिक्षण अवधिमा पनि अस्थिरता देखिन थालेको छ। प्रशिक्षक खोज्न ढिलो भएको भन्दै आलोचना पनि सुरु भइरहेको…