उपेन्द्रपछि बोले राजेन्द्र, अध्यादेश पारित गराउन सांसद किन्ने तयारी भइरहेको आरोप

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले सांसद किनेर अध्यादेश पारित गराउने तयारी थालेको आरोप लगाएका छन् । हिजो (शनिबार) बुटवलमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अध्यादेशबाट शासन गर्न खोज्ने सरकारको प्रयास असफल हुने देखिएपछि सांसद किन्ने तयारी भइरहेको बताएका हुन् । उनले वर्तमान व्यवस्था काम नलाग्ने सावित भइसकेको दाबी गरे ।…