अविरल वर्षाले देशका विभिन्न राजमार्ग प्रभावित, केही सडक पूर्ण अवरुद्ध

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा समय तोकेर मात्र सवारी सञ्चालन गर्न दिइएको छ। मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्तिलोकपथमा बुधबार साँझ पहिरो खस्दा अवरुद्ध भएको सडक पहिरो पन्छाएपछि आज बिहानदेखि…