माछापुच्छे गाउँपालिका–५, रिभान निवासी आनन्दकुमारी गुरुङ(पवि)को एक सय १४ वर्षको उमेरमा निधन भएको छ ।उनी सम्भवतः नेपालमै बढी बाच्ने मध्येकी एक हुन् । साविक रिभान गाविस ४ माटेखोर निवासी गुरुङलाई सेतीमर्दी संगमस्थल दोविल्लाघाटमा अन्तेष्ठी गरिएको छ।उनलाई नाति सोमबहादुर गुरुङ(चिजा)ले दागबत्ती दिएका थिए। https://www.youtube.com/watch?v=_ci_FAf1OH4 गुरुङ पछिल्लो समय रुघाखोकी तथा ज्वोरोबाट पीडित भएपनि उनमा दीर्घरोग भने थिएन…