पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ विवाह बन्धनमा बाँधिएकी छन् । उनले प्रेमी राहुल मोक्तानसँग मंगलबार लगनगाँठो कसेकी हुन् । गैरीधाराको सिल्भर ओके पार्टी प्यालेसमा उनको विवाह समारोह आयोजना भएको थियो । विवाह अगाडि उनले सिल्भरमै रिसेप्सन पाटी दिएकी थिइन् । सदीक्षा र राहुलले नेवारी परम्परा अनुसार विवाह गरेका हुन् ।