कोरोना भाइरसका कारण देश लकडाउनमा रहेका बेला बझाङ जिल्लामा भने विसरती मेलाका लागि हजारौं मानिस जम्मा भएका छन् । सरकारले सोमबार वैशाख ३ गतेसम्मका लागि थप लकडाउन घोषणा गरेको छ । तर, बझाङमा भने त्यसको कुनै असर परेको छैन । बझाङको छविस पाथिभेरा गाउँपालिका–३ मा मनाइने बान्नीकी चैतलीमा सोमबार हजारौं मानिसको भीड जम्मा भएको छ…