नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

२१ माघ, काठमाडौं  । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालत प्रशासनले अग्राधिकारमा राखिएको यो मुद्दालाई सोमबार सुनुवाइ गर्ने भनी पेसी तोकेको हो । हितेन्द्रमान शाक्यले आफूलाई जिम्मेवारीबाट हटाई कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको भन्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए । उनले  घिसिङलाई पदमुक्त गरी आफूलाई त्यही पदमा बहाल…