चीन अहिले कोरोनाभाइरसको महामारीसँग जुधिरहेको छ। हुबेई प्रान्तको राजधानी वुहान सहरबाट सुरू भएको नोवेल कोरोनाभाइरसले चीनको सीमा नाघेर फिलिपिन्समा समेत एक जनाको ज्यान लिइसकेको छ। चीनबाहिर अफ्रिकाबाहेक सबै महादेशमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। आइतबारसम्म चीनमा मात्र ३ सय ४ जनाको मृत्यु भएको छ भने १४ हजार ३ सय ८० जना संक्रमित छन्, तीमध्ये ११ सय…